कन्याबाट येशूको जन्मबारे ७ ओटा तर्कसङ्गत भनाइ

हाम्रा परमेश्वर येशू … पवित्र आत्माद्वारा … मरियमको कोखमा गर्भधारण हुनुभयो ।

इग्नेसियस, एन्टिओखियाका बिशप

उहाँ आफै सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि हिब्रू कन्याबाट जन्मेर देह धारण गर्नुभयो ।

अरिस्तिदेस, लेखक

पिता परमेश्वरको एकलौटे पुत्र हाम्रा शिक्षक येशू ख्रीष्ट सम्भोगको परिणामस्वरूप जन्मनुभएन । … परमेश्वरको शक्ति कन्यामाथि ओर्ली उनीमाथि छाया पारियो अनि उनी कन्या छँदै गर्भवती भइन् । … किनभने परमेश्वरको शक्तिद्वारा कन्या भए तापनि उनी गर्भवती भइन् । … परमेश्वरको इच्छाअनुसार उहाँका पुत्र येशू ख्रीष्ट कन्या मरियमबाट जन्मनुभएको छ ।

जस्टिन मार्टर, रक्षाशास्त्री

बाइबलको पुष्टिको बाबजुत पनि यदि हामी कन्याबाटको जन्मलाई स्वीकार गर्दैनौँ भने बाइबलको अधिकारलाई हामीले आँच आउन दिएका हुन्छौँ र यसका अन्य शिक्षाहरूलाई हामीले किन स्वीकार गर्नुपर्छ भन्नाका लागि सैद्धान्तिक रूपमा कुनै कारण हुँदैन । यसरी कन्याबाटको जन्मको इन्कारका आशयहरू यस शिक्षाभन्दा निकै परसम्म फैलन्छन् ।

मिलार्ड जे. एरिक्सन, लेखकसाथै ईश्वरशास्त्री

यसरी, किन ख्रीष्टियान मण्डलीले मानवीय पिताविना नै येशूको जन्मलाई विश्वास गर्‍यो भन्नुको कारण वास्तवमा उहाँ त्यसरी नै जन्मनुभएको थियो भन्ने स्वीकारको लागि राम्रो आधार छ ।

जे. ग्रेसाम माचेन, ईश्वरशास्त्री

सारा साक्षीले ख्रीष्टको आश्चर्यमय जन्मलाई प्रमाणित गर्छ ।

क्लेमेन्ट रोजर्स

कन्याबाटको जन्मलाई बाइबलमा स्पष्टतः सिकाइएको कारणले गर्दा मात्रै यो साँचो भएको होइन तर येशू ख्रीष्टको चरित्रसाथै मिसन अनि पतित संसारको निम्ति उद्धारबारे भएको परमेश्वरको महान् योजनासित यो तादात्म्य भएकोले यो साँचो भएको हो । … यस्तो आश्चर्यकर्म असम्भव छ भनी बताउनु परमेश्वरको अस्तित्वलाई इन्कार गर्नु हो वा उहाँले आफ्नो सृष्टिमाथि नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने कुरोलाई इन्कार गर्नु हो ।

हेन्‍री मोरिस, सृष्टिवादी वैज्ञानिक

Facebook Comments

Powered by Youth Circle