येशू ख्रीष्टको विषयमा १५ ओटा शानदार भनाइ (भाग २)

येशू महान्‌तम धार्मिक प्रतिभावान् व्यक्ति हुनुहुन्थ्यो । उहाँको सुन्दरता अनन्त छ र उहाँको शासनको कहिल्यै अन्त्य हुने छैन । हरेक क्षेत्रमा येशू अद्वितीय हुनुहुन्छ र कुनै कुरो उहाँसित तुलना गर्न सकिँदैन ।

अर्नेस्ट रेनान, दार्शनिकसाथै लेखक

ख्रीष्टमा भएको प्रत्येक कुरोले मलाई चकित तुल्याउँछ । … म जति उहाँको नजिक जान्छु त्यति नै धेरै होसियारीपूर्वक जाँच गर्दछु । उहाँ हरेक कुरोमा मभन्दा माथि हुनुहुन्छ । उहाँको हरेक कुरो शानदार छ । उहाँको महिमा शक्तिशाली छ । … न इतिहास, न मानव–जाति, न युग, न प्रकृतिले यस्तो कुरो उपलब्ध गराएको छ जससित म उहाँको तुलना गर्न सक्छु । उहाँमा हरेक कुरो अद्भुत छ ।

नेपोलियन बोनापार्ट, फ्रान्सेली सम्राट्

सानो छँदा मैले बाइबल र ताल्मुड दुवैबाट शिक्षा पाएँ । म एउटा यहूदी हुँ तर नासरतका ज्योतिर्मय पात्रबाट म मोहित भएको छु । … येशूको वास्तविक उपस्थितिको अनुभव नगरिकन कसैले सुसमाचारहरू पढ्न सक्दैन । हरेक शब्दमा उहाँको व्यक्तित्व स्पन्दित हुन्छ । यस्तो जीवनमा कुनै मिथ्या भरिँदैन ।

अल्बर्ट आइन्स्टाइन, भौतिकशास्त्रीसाथै दार्शनिक

येशू यस धरतीमा बाँच्नुहुने महान्‌तम मानवीय प्राणी हुनुहुन्थ्यो । उहाँ असाधारण प्रतिभा भएको नैतिकवान् व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको नैतिक चेतना अद्वितीय थियो । मेरो जीवन वा पढाइमा मैले जम्काभेट गरेका मानिसहरूमध्ये उहाँ अन्तर्निहित रूपमा सबैभन्दा बुद्धिमान् व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको समर्पण पूर्ण थियो जसले उहाँलाई आफ्नै मृत्युतर्फ डोर्‍यायो र त्यो संसारको लागि निकै अहित थियो ।

चार्ल्स टेम्प्लेटन

येशू संसारका महान् मानिसहरूमध्ये एक हुनुहुन्न । तपाईं इच्छा गर्नुहुन्छ भने अलेक्ज्यान्डर महान् वा चार्ल्स महान् वा नेपोलियन महान्‌बारे कुरा गर्नुहोस् । … येशू फरक हुनुहुन्छ । उहाँ महान् हुनुहुन्छ । उहाँ मात्रै [महान्] हुनुहुन्छ ।

सिम्पसोन

संसारलाई आवश्यक परेको कुरो त प्रेम हो अर्थात् ख्रीष्टियान प्रेम र दया ।

बेट्रान्ड रस्सेल, दार्शनिक, गणितज्ञसाथै इतिहासकार

येशू परमेश्वर हुनुहुन्छ जसकहाँ हामी विनादम्भ जान सक्छौँ र उहाँको सामु निराश नभइकन हामीले आफैलाई विनम्र तुल्याउन सक्छौँ ।

ब्लाइज पास्कल, गणितज्ञ, भौतिकशास्त्रीसाथै ख्रीष्टियान दार्शनिक

उहाँको [येशूको] जीवन पवित्र थियो; उहाँको वचन सत्य थियो; उहाँको पूरै चरित्र सत्यताले भरिपूर्ण थियो; नासरतका येशूभन्दा वास्तविक वा साँचो मान्छे कहिल्यै देखा परेको छैन ।

ग्रिफिथ थोमास, विद्वान्‌साथै अगुवा

यदि सेक्सपिएर यस कोठाभित्र प्रवेश गर्ने हो भने तिनको स्वागतको लागि हामी सबै उठ्नेथियौँ तर यी व्यक्ति [येशू] यस कोठाभित्र प्रवेश गर्ने हो भने हामी सबैले दण्डवत् गर्नेथियौँ र उहाँको कपडाको छेउलाई चुम्नेथियौँ ।

चार्ल्स ल्याम्ब

हामीले येशू ख्रीष्टलाई हाम्रो मुक्तिदाताको रूपमा पाएको दिन हाम्रो जीवनका महान्‌तम दिनहरूमध्ये एक हो । हाम्रा पापहरू मात्र पखालिँदैनन्, तर परमेश्वरले आफ्नो आत्मा हामीभित्र हालिदिनुहुन्छ अनि हामीलाई नयाँ इच्छाहरू दिनुहुन्छ ।

जोएस मेएर, प्रचारिका

येशू ख्रीष्टले यस्तो कुरोको माग गर्नुहुन्छ जुन सबै कुराभन्दा पर छ, जसलाई सन्तुष्ट पार्न कठिन छ । … उहाँले मानवीय ह्रदय चाहनुहुन्छ । उहाँले यो आफ्नै निम्ति पूर्ण रूपमा लिनुहुने छ । उहाँले यो विनाशर्त माग गर्नुहुन्छ र उहाँको माग तुरुन्तै पूरा गरिनुपर्छ । … यो अद्भुत दृश्य गैरजिम्मेवार देखिन्छ । यो पूर्णतः मानिसको सृजनशील शक्तिको क्षमताभन्दा पर छ ।

नेपोलियन बोनापार्ट, फ्रान्सेली सम्राट्

सारा पृथ्वीको राजा हुनुभन्दा बरु म येशू ख्रीष्टलाई अङ्गाली मर्न तयार छु । म उहाँको खोजी गर्दछु जो हाम्रो निम्ति मर्नुभयो; म उहाँलाई प्रेम गर्दछु जो हाम्रो कारणले पुनरुत्थान हुनुभयो ।

इग्नेसियस, प्रेरितीय पिता

तसर्थ कुनै व्यक्तिले ख्रीष्टमा आउन इन्कार गर्दा त्यो साक्षीको कमी वा बौद्धिक कठिनाइको कारणले गर्दा भएको होइन, तर उसको ह्रदयमा परमेश्वरको पवित्र आत्माको खिँचाइलाई उसले जानाजानी बेवास्ता गरेकोले वा इन्कार गरेकोले त्यसो भएको हो । आखिरी विश्लेषणमा तर्कको कमीले कोही पनि ख्रीष्टियान हुनबाट चुक्दैन । ज्योतिलाई प्रेम गर्नुको साटो उसले अन्धकारलाई प्रेम गरेकोले र परमेश्वरसित कुनै कुरो गर्न नचाहेकोले ऊ ख्रीष्टियान हुनबाट असफल भएको हो ।

विलियम लेन क्रेग, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै लेखक

येशू ख्रीष्ट तीनवटा कुरा गर्नका लागि आउनुभयो भनी बाइबलले हामीलाई बताउँछ— मेरो विगतलाई क्षमा दिन, जीवनको लागि उद्देश्य प्रदान गर्न र स्वर्गमा घर तयार पार्न ।

रिक वारेन, पास्टरसाथै लेखक

दुई हजार वर्षसम्म उहाँ [येशू ख्रीष्ट] संसारको ज्योति हुनुभएको छ र उहाँका वचनहरू बितेर गएका छैनन् ।

हेन्‍री मोरिस, ख्रीष्टियान रक्षाशास्त्रीसाथै लेखक

Facebook Comments

Powered by Youth Circle