म ख्रीष्टियान भएँ किनभने मैले आफैमा एउटा आवश्यकता भेट्टाएँ जसलाई येशू ख्रीष्टमा मात्र सन्तुष्ट पार्न सकिन्थ्यो ।
आर. एल. मिक्स्चर
येशूको जीवनी वादविवादको आँधी थियो । प्रेरितहरूभन्दा अगिका अगमवक्ताहरूले प्रेरितहरूले जस्तै वादविवादविना मुश्किलैले कुनै दिन बिताए । पावलले दिनदिनै बजारहरूमा बहस गर्थे भनी तिनले बताएका छन् । वादविवादलाई पन्छाउनु भनेको ख्रीष्टलाई पन्छाउनु हो । हामीमा शान्ति हुन सक्छ तर यो नीच र शारीरिक शान्ति हुन्छ जहाँ सडकहरूमा सत्यताको हत्या गरिन्छ ।
आर. सी. स्प्रौल, ईश्वरशास्त्री, लेखकसाथै पास्टर
पश्चात्ताप र ख्रीष्टमाथिको विश्वासद्वारा मात्रै कसैले उद्धार पाउन सक्छ । कुनै पनि धार्मिक क्रियाकलाप पर्याप्त छैन; केवल येशू ख्रीष्टमाथिको साँचो विश्वास मात्रै पर्याप्त छ ।
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक
म ख्रिस्टियमतलाई बौद्धिक रूपमा खण्डन गर्न तम्सिएँ र नसकेपछि बाइबल साँचो छ र येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने निष्कर्षमा पुगेँ ।
जोस म्याकडोल, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक
भोकाएको अवस्थामा येशूले आफ्नो सेवाकार्य थालनी गर्नुभयो, तापनि उहाँ जीवनको रोटी हुनुहुन्छ ।
तिर्खा लागेको अवस्थामा येशूले आफ्नो पृथ्वीको सेवाकार्य अन्त गर्नुभयो, तापनि उहाँ जिउँदो पानी हुनुहुन्छ ।
येशू थाक्नुभयो, तापनि उहाँ हाम्रो विश्राम हुनुहुन्छ ।
येशूले कर तिर्नुभयो, तापनि उहाँ राजा हुनुहुन्छ ।
येशूलाई भूतात्मा लागेको भनी दोष लगाइयो, तापनि उहाँले भूतहरू निकाल्नुभयो ।
येशू रुनुभयो, तापनि उहाँले हाम्रो आँसु पुछिदिनुहुन्छ ।
येशूलाई तिसवटा चाँदीको टुक्रामा बेचियो, तापनि उहाँले संसारलाई छुटकारा दिनुभयो ।
येशूलाई थुमाको रूपमा मारिन लगियो, तापनि उहाँ असल गोठाला हुनुहुन्छ ।
येशू मर्नुभयो, तापनि आफ्नो मृत्युद्वारा उहाँले मृत्युको शक्तिलाई नष्ट पार्नुभयो ।
ग्रेग्रोरी, प्रधान बिशपसाथै ईश्वरशास्त्री
अर्को कोठामा ख्रीष्टको मेरो लागि प्रार्थना गरिरहनुभएको मैले सुनेँ भने म दसौँ लाख शत्रुदेखि पनि डराउँदिनँ । तापनि दुरीले केही फरक पार्दैन । उहाँले मेरो लागि प्रार्थना गर्दै हुनुहुन्छ ।
रोबर्ट मुर्रे म्याखेनी, पास्टर
मानिसलाई ख्रीष्टद्वारा परमेश्वरमा पुनर्स्थापित गर्न सकिन्छ; मानिसले ख्रीष्टमार्फत परमेश्वरलाई चिन्न सक्छ र मानिस ख्रीष्टमा परमेश्वरजस्तै बन्न सक्छ ।
जी. क्याम्पबेल, मोर्गान, पास्टर
वकिलले आफ्नो ग्राहकलाई कलहबाट मात्र छुटकारा दिन सक्छ । डाक्टरले आफ्नो बिरामीलाई रोगबाट मात्र छुटकारा दिन सक्छ । मालिकले आफ्नो नोकरलाई बन्धनबाट मात्र छुटकारा दिन सक्छ । तर प्रभुले हामीलाई सबै कुराबाट छुटकारा दिनुहुन्छ ।
हेन्री स्मिथ, प्रचारक
उहाँ [येशू] को विषयमा केही कुरो यति विशुद्ध, निष्कपट र विशिष्ट थियो कि उहाँको इमानदारीमाथि आशङ्का गर्नु भनेको सूर्यको चमकमाथि आशङ्का गर्नुजस्तै हो ।
चार्ल्स एडवार्ड जेफर्सन, पास्टरसाथै लेखक
येशूको नाउँ एउटा उत्तोलक हो जसले संसारलाई उचाल्छ ।
अज्ञात
सबै धर्म र दर्शनशास्त्रहरूले भन्छन्, “बाटो यो हो ।” केवल येशू यसो भन्नुहुन्छ, “बाटो … म नै हुँ ।”
टिम केलर, रक्षाशास्त्री, पास्टरसाथै ईश्वरशास्त्री
पृथ्वीमा सबैभन्दा घनिष्ठ मित्र पनि येशू ख्रीष्टको तुलनामा केवल छाया हो ।
ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारकसाथै शिक्षक
येशू ख्रीष्टको क्रूसबाहिर संसारमा कुनै आशा छैन । क्रूस र पुनरुत्थान सुसमाचारका अपरिहार्य तत्त्वहरू हुन् र सुसमाचार मानव–जातिको एउटै मात्र आशा हो ।
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक