बाइबलबारे १३ ओटा घतलाग्दा भनाइ (भाग २)

बुद्धिमान् हुन बाइबल पढ्नुहोस्; सुरक्षित हुन यसमाथि विश्वास गर्नुहोस्; पवित्र हुन यसलाई पालन गर्नुहोस् ।

फ्रान्सिस डे सेल्स, बिशप

यो कारागाररुपि संसारमा बाइबल एउटा झ्याल हो जसद्वारा हामी अनन्ततालाई हेर्न सक्छौँ ।

तिमोथी ड्विट

बाइबलले मेरो इच्छालाई पुनः निर्देशन गर्छ; मेरा भावनाहरूलाई शुद्ध पार्छ; मेरो समझलाई प्रबुद्ध तुल्याउँछ; अनि मेरो पूरै अस्तित्वलाई जीवित राख्दछ ।

ई. स्ट्यान्ली जोन्स, ख्रीष्टियान मिसनरीसाथै ईश्वरशास्त्री

बाइबल ख्रिस्टियमतको संविधान हो ।

बिल्ली ग्राहम, सुसमाचार प्रचारक

पवित्र धर्मशास्त्र [बाइबल] हामीलाई पठाइएको चिट्ठी हो ।

अगस्टिन, ईश्वरशास्त्री, दार्शनिकसाथै लेखक

छापिएका अन्य सबै पुस्तकभन्दा यो पुस्तक [बाइबल] बढी मूल्यवान् छ ।

प्याट्रिक हेन्‍री, वकिलसाथै राजनीतिज्ञ

पवित्र क्यानन्‌को पहिलो पुस्तक उत्पत्ति र अन्तिम पुस्तक प्रकाशबिचको तुलनाबाट धर्मशास्त्रभरि फैलिएको छुटकारामय धागो उल्लेखनीय रूपमा प्रकट भएको छ । उत्पत्तिमा स्वर्ग र पृथ्वीको आरम्भ प्रकटित छ (१:१) भने प्रकाशको पुस्तकमा सबै सांसारिक कामकाज सम्पन्न गरिएको छ । यस पुस्तकमा त्यो पुरानो स्वर्ग र पृथ्वीको सट्टा नयाँ स्वर्ग र पृथ्वीको सृष्टि गरिएको छ । सुरुमा सिद्ध तर पापमा पतन भएको मानिसलाई (उत्पत्ति ३:६) आज्ञापालनको कारणबाट फेरि सिद्ध हुने मौका प्रदान गरिएको छ (प्रकाश १:१४; २२:१४) । स्त्रीका सन्तान (उत्पत्ति ३:१५) अर्थात् दाऊदका वंश (प्रकाश २२:१–६) द्वारा यो सबै सम्भव भएको हो । आफ्नो बलिदानको परिणामस्वरूप (उत्पत्ति ४:४) उहाँ सिंहासनमा विराजमान हुनुभएको छ (प्रकाश २१:४) । यसरी अदनको दुःख (उत्पत्ति ३:१६) स्वर्गको आनन्दमा परिणत हुने छ (प्रकाश २१:४) र जीवनको रुख जसबाट हाम्रा पुर्खाहरू अलग भएका थिए (उत्पत्ति ३:२२–२४) त्यही नै फेरि एक पटक हाम्रो हर्षपूर्ण अधिकार बन्ने छ (प्रकाश २२:१४) ।

वेने ज्याकसन

हामी कसरी स्वर्ग जाने भनी देखाउन बाइबल लेखियो, स्वर्गहरू कस्ता छन् भनी बताउन बाइबल लेखिएको होइन ।

ग्यालिलियो ग्यालिली, भौतिकशास्त्री, गणितज्ञसाथै खगोलविद्

प्रेरणा अमेरिकी अद्भूत वृद्धिको मुख्य भाग बनेको छ । प्रेरणा अमेरिकी महानताको मेरुदण्ड बनेको छ । प्रेरणा अमेरिकी युद्धहरूमा विजय र पराजयबिचको भिन्नता बनेको छ । यो प्रेरणा परमेश्वरमाथिको विश्वास, डाँडाको उपदेशका शिक्षाहरूमाथिको विश्वास, पवित्र बाइबल परमेश्वरको प्रेरणाबाट आएको वचन हो भन्ने विश्वासबाट आएको छ ।

जे. इगार हुभर, एफबीआईका प्रथम निर्देशक

जुनसुकै युग र भाषामा लेखिएका सम्पूर्ण पुस्तकहरूको सङ्कलनभन्दा बाइबलमा बेसी साँचो संवेदनशीलता, बेसी उत्कृष्ट सौन्दर्य, बेसी शुद्ध नैतिकता, बेसी महत्त्वपूर्ण इतिहास अनि पद्य र वाक्पटुताका बेसी राम्रा गुणहरू पाइन्छन् ।

सर विलियम जोन्स, विद्वान्‌साथै भाषाविद्

मेरो विचारमा सुसमाचारहरू पूर्णतः विशुद्ध छन् । किनभने तिनमा ख्रीष्टको व्यक्तित्वबाट उत्पन्न भव्यताको प्रतिबिम्ब पाइन्छ । यो नै पृथ्वीमा देखा पर्न सक्ने अलौकिकता हो ।

गोथे, लेखकसाथै राजनीतिज्ञ

स्त्री र पुरुष दुवैको लागि विश्वविद्यालयको शिक्षा आवश्यक छ भनी म पूर्णतः विश्वास गर्दछु । तर बाइबलविनाको कलेज कोर्सभन्दा कलेज कोर्सविनाको बाइबलको ज्ञान बढी मूल्यवान् छ भनी म विश्वास गर्दछु ।

विलियम लिओन फिलिप्स, लेखक, समालोचकसाथै विद्वान्

बाइबल एउटा यस्तो पुस्तक हो जसको तुलनामा अन्य सबै पुस्तक कम महत्त्वका छन् । मेरा सबै उल्झन र विपत्तिमा मलाई ज्योति र तागत दिन बाइबल कहिल्यै चुकेको छैन ।

रोबर्ट ई. ली, जेनेरल

Facebook Comments

Powered by Youth Circle