येशूको विश्वव्यापी प्रभावबारे १२ ओटा सुप्रसिद्ध भनाइ (भाग १)

दार्शनिकहरूका सबै प्रवचनहरू र नीतिज्ञहरूका सबै अर्तीहरूले भन्दा [येशू ख्रीष्टको] तीन-वर्षे सक्रिय जीवनको सामान्य अभिलेखले मानव–जातिलाई आध्यात्मिक उन्नति गराउन र नरम पार्न बेसी काम गरेको छ ।

विलियम लेके, इतिहासकार

मानव–जातिको बिचमा देखा परेका फलहरूलाई मापन गर्दा त्यो छोटो जीवन नै यस ग्रहमा जिउने सबैभन्दा प्रभावशाली जीवन बनेको छ । … शताब्दीहरू बित्दै जाँदा त्यस जीवनको प्रभाव लोप हुँदै जानुको साटो झन्झन् गहन हुँदै गएको छ । उहाँद्वारा दसौँ लाख मानिस रूपान्तरित भएका छन् अनि तिनीहरूले उहाँको नमुनादायी जीवनलाई पछ्याउन थालेका छन् । … देखा परेका नतिजाहरूलाई नाप्दा येशूको जन्म, जीवन, मृत्यु र पुनरुत्थान मानव–जातिको इतिहासका सर्वाधिक महत्त्वपूर्ण घटनाहरू हुन् । उहाँको प्रभावलाई मापन गर्दा येशू मानव इतिहासको केन्द्रिय पात्र हुनुहुन्छ ।

फिलिप स्काफ, ईश्वरशास्त्रीसाथै इतिहासकार

म एक इतिहासकार हुँ, विश्वासी होइनँ । नासरतका यी अकिञ्चन प्रचारक अपरिवर्तनीय रूपमा इतिहासको केन्द्र हुनुहुन्छ भनी एउटा इतिहासकारको नाताले मैले स्वीकार गर्नैपर्छ ।

     एच. जी. वेल्स

शताब्दीहरू बित्दै जाँदा साक्षीहरू यति प्रचुर भएका छन् कि इतिहासमा उहाँको प्रभावलाई मापदण्ड बनाउने हो भने येशू यस ग्रहमा बाँच्नुहुने सर्वाधिक प्रभावशाली व्यक्तित्व हुनुहुन्छ ।

     केनेथ स्कट लाटुरेट, इतिहासकार

ख्रीष्ट इतिहासकै सर्वाधिक प्रभावशाली व्यक्तित्वको रूपमा खडा हुनुभएको छ । निस्सन्देह, संसारलाई रूपान्तरण गर्ने मानिसहरूको सूचीमा मोशा, बुद्ध र मुहम्मदका नाउँहरू पर्छन् । तथापि यहूदी, बुद्ध र इस्लाम धर्ममा मोशा, बुद्ध र मुहम्मदले जुन ठाउँ ओगट्छन् ख्रिस्टियमतमा येशूले त्योभन्दा नितान्त फरक ठाउँ ओगट्नुहुन्छ । मोशा, बुद्ध र मुहम्मदले कहिल्यै पनि आश्चर्यकर्महरू गरे भनी दाबी गरेनन् । वास्तवमा तिनीहरूले आफूलाई कहिल्यै पनि मानिसभन्दा ठुलो प्राणीको रूपमा हेरेनन् । तिनीहरूले आफूलाई केवल परमेश्वरका सन्देशवाहकहरूको रूपमा हेरे । ख्रीष्ट मात्रै इतिहासमा एक यस्तो व्यक्ति हुनुहुन्छ जसले पूरै धर्मलाई आफ्नो व्यक्तित्ववरिपरि परिभाषित गर्नुभएको छ ।

दिनेश डिसुजा, रक्षाशास्त्रीसाथै लेखक

तर नष्ट भएको साम्राज्यको बिर्सिएको प्रान्तमा एउटा ठगले समयको मार्गमा उसको नाउँ समस्त शताब्दीमा धारण गर्ने गरी आफैलाई प्रभावकारी ढङ्गमा प्रस्तुत गर्‍यो भनी विश्वास गर्नु भनेको एउटा बच्चाले आफ्नो रङको बट्टाको सहायताले सबै समुद्रको रङलाई परिवर्तन गर्न सक्छ भनी विश्वास गर्नु हो ।

डब्लु. एच. फिचेट

इतिहासका सन्त र हिरोहरू हामीबाट टाढा–टाढा भाग्दै छन् र इतिहासले तिनीहरूका कामहरूको अभिलेखलाई झनै साँघुरो पृष्ठमा सङ्कुचित पार्दै छ । तर येशू ख्रीष्टको नाउँ, कार्यहरू र वचनहरूमाथि समयको कुनै ताकत छैन ।

विलियम ई. चानिङ

उन्नाइस शताब्दी आएर बितिसकेका छन् र आज उहाँ मानव–जातिको केन्द्रिय व्यक्तित्व हुनुहुन्छ र उहाँ प्रगतिको स्तम्भको अगुवा हुनुहुन्छ । मार्च पास गर्ने सम्पूर्ण सेनाहरू, सबै नौसेनाहरू, सबै संसदहरू र शासन गर्ने सबै राजाहरूलाई सँगसँगै राखिने हो भने पनि यस एकल जीवनले यस पृथ्वीमा जति शक्तिशाली ढङ्गमा प्रभाव पारेको छ त्यति तिनीहरूले पारेका छैनन् भन्दा पनि मैले उहाँलाई उचित अङ्क दिएको हुँदैन ।

अज्ञात

सतही दिमागहरूले ख्रीष्ट र साम्राज्यका संस्थापकहरूसाथै अन्य धर्मका देवताहरूको बिचमा समानता देखाए । त्यो समानता विद्यमान छैन । ख्रिस्टियमत र र अन्य कुनै पनि धर्मको बिचको दुरी अनन्त छ ।

नेपोलियन बोनापार्ट, फ्रान्सेली सम्राट्

परमेश्वर–मानवको रूपमा येशू ख्रीष्ट महान्‌तम व्यक्तित्व हुनुहुन्छ । तसर्थ उहाँको व्यक्तिगत प्रभाव यस धरतीमा बाँच्ने कुनै पनि मान्छेको भन्दा बढी छ ।

बर्नाड र्‍याम, ईश्वरशास्त्रीसाथै रक्षाशास्त्री

येशू ख्रीष्ट सम्पूर्ण कालको असाधारण व्यक्तित्व हुनुहुन्छ । … उहाँ संसारको ज्योति हुनुभयो । एउटा यहुदी भएको नाताले यसमा मैले किन गर्व नगर्ने ?

सोलेम आस, यहूदी लेखक

सुकरातले ४० वर्षसम्म सिकाए, प्लेटोले ५०, अरस्तुले ४० र येशूले केवल ३ वर्ष । तथापि प्राचीन संसारका यी तीन महान्‌तम दार्शनिकले १३० वर्षसम्म सिकाएको शिक्षाले पारेको प्रभावभन्दा ख्रीष्टको ३ वर्षे सेवा–कार्यको प्रभाव असीमित रूपमा श्रेष्ठतर छ ।

     अज्ञात

Facebook Comments

Powered by Youth Circle