अनुसन्धानको क्रममा ख्रीष्टियान कृति पढेर येशूमाथि विश्वास गरे डा. समुएलले

डा. समुएल ब्लुमेनफिल्ड ख्रिस्टाब्द १९२७ मा जन्मेका अमेरिकी लेखकसाथै शिक्षक हुन् । तिनले शिक्षासित सम्बन्धित १० ओटा कृति प्रकाशित गरेका छन् । सरकारी शिक्षाको आरम्भ कहाँबाट भएको होला भन्ने सम्बन्धमा तिनले एउटा अनुसन्धान गरेका थिए । सामूहिक रूपमा सिकाइने शिक्षाको जरा सुधारवाद र खास गरी जोन काल्भिनमा पुगेको छ भनी तिनले प्रस्ट्याएका छन् ।

तिनको अनुसन्धानको एउटा चाखलाग्दो पक्ष के हो भने अनुसन्धानको क्रममा तिनी ख्रीष्टियान बने ।

जोन काल्भिनद्वारा लिखित इस्न्टिच्युट्स अफ द क्रिस्चियन रिलिजन नामक कृति पढेर समुएलले येशूमाथि विश्वास गरेका थिए । जोन काल्भिन प्रभावशाली फ्रान्सेली लेखक, ईश्वरशास्त्रीसाथै पास्टर थिए । ख्रिस्टाब्द १५३६ मा ल्याटिन भाषामा छापिएको यो पुस्तक प्राटेस्टेन्ट व्यवस्थित ईश्वरशास्त्रको एउटा आधारभूत कृति थियो जुन पाश्चात्य जगत्‌मा अत्यधिक प्रभावशाली ठहरियो ।

आफ्नो अनुसन्धानको क्रममा समुएलले सामूहिक शिक्षाको अवधारणा कहाँबाट आएको होला भन्ने सवालमा सबै मार्गहरूले जोन काल्भिनतर्फ नै डोर्‍याएको पाए तिनले । प्राथमिक स्रोतहरूको अध्ययन गर्नु तिनको खोजको आवश्यकता थियो । यसै क्रममा तिनले काल्भिनद्वारा लिखित कृति पढे अनि आफ्नो जीवन प्रभु येशूमा सुम्पे ।

Facebook Comments

Powered by Youth Circle