प्रिती कृष्णनले येशूलाई अङ्गाल्ने थिइन् भनी कहिल्यै अपेक्षा गरेकी थिइनन् । भारतको उत्तर प्रदेश प्रान्तको सर्वाधिक ठुलोसाथै राजधानी सहर लखनऊस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट लखनऊमा उनी विद्यार्थी थिइन् । उनी हिन्दु धर्ममा एक ईश्वरभक्त स्त्री थिइन् । उनले नियमित रूपमा आफ्ना भगवान्हरूलाई प्रार्थना चढाउँथिन् । अधिकांश हिन्दुहरूजस्तै उनी कर्मबारे सचेत थिइन् ।
ख्रिस्टाब्द २००० को अगस्ट महिनाको कुनै एउटा रातमा उनी श्लोकहरू पढ्दै थिइन् । त्यति बेला उनी २२ वर्षकी थिइन् । ती श्लोकहरू हिन्दु देवता गणेशसित सम्बन्धित थिए । तर हरेक पटक आँखा बन्द गरेर ती श्लोकहरू पढ्न खोज्दा उनले आँखाको सामु एउटा ठुलो कालो हात्तीलाई देख्थिन् । उनी अत्यन्तै डराइन् र उनलाई आफ्नो जीवनको अन्त्य आएको जस्तो लाग्यो । उनले आफ्नो मन पर्ने गणेश भगवान्लाई खुसी पार्न सकिनन् भन्ने लाग्यो उनलाई ।
कुनै अर्को देवलाई खुसी पार्न सकिन्छ भनी उनले आफ्ना आँखा घुमाइन् । एउटा निलो रङको पुस्तकमा गएर उनका आँखा रोकिए । त्यो बाइबल थियो जुन उनले स्कुलमा पाएकी थिइन् । उनले खोलिन् र पढिन् । उनले के पढिन् त्यो उनलाई याद भएन तर उनलाई बोझ हटेको महसुस भयो । त्यस रात उनले येशूको प्रेम र शक्तिको महसुस गरिन् ।
जति धेरै उनले बाइबल पढ्न थालिन् उति नै धेरै उनी येशूको व्यक्तित्वदेखि उत्सुक भइन् । उनी बेङ्गलोरस्थित एउटा मण्डलीमा गइन् जहाँ उनले ‘नयाँ जन्म’ को विषयमा पास्टरबाट सिक्ने मौका पाइन् । येशू को हुनुहुन्छ र उहाँ किन आउनुभयो भन्ने बुझेपछि उनले येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरिन् । उनले मुक्ति पाएकीमा उनी खुसी छिन् । मेडिकल क्षेत्रमा विद्यावारिधि गरेकी प्रिती भन्छिन्, “येशू मात्र स्वर्गको बाटो हुनुहुन्छ ।”