संवादको दुई दिनपछि तिनले येशूमाथि विश्वास गरे

पाश्चात्य उच्च साहित्यहरूका सङ्ग्रहलाई पाश्चात्य जगत्‌का महान् पुस्तकहरू भनी चिनिन्छ । यी महान् पुस्तकहरूमा झन्डै एक सय लेखकका चार सय पचासभन्दा बढी छनोटहरू समावेश छन् र यसले झन्डै पच्चिस शताब्दीको समयलाई ओगटेको छ । ती लेखकहरूमा होमर, प्लेटो, अरस्तु, प्लोटिनस, अगस्टिन, अक्विनास, डान्टे, हब्बस, स्पिनोजा, काल्भिन, रौसेउ, सेक्सपियर, ह्युम, कान्ट, डार्बिन, टाल्सटाय, ह्वाइटफिल्ड, जोस आदि पर्दछन् ।

एक दिनको कुरो हो । जोस म्याकडोलको घरमा कोही एक जना मानिस आए । हाल जोस ख्रीष्टियान रक्षाशास्त्री, सुसमाचार प्रचारकसाथै लेखक हुन् । तिनी लगभग ११५ ओटा पुस्तकका लेखकसाथै सहलेखक हुन् ।

ती पाहुना पाश्चात्य जगत्‌का महान् पुस्तकहरूका प्रतिनिधि थिए । तिनले जोसलाई यस श्रृङ्खलाबद्ध पुस्तकहरूको सदस्य बनाउने प्रयास गर्दै थिए । आफूसँग ल्याएको पुस्तकको सूचीपत्र देखाउँदै तिनले उक्त श्रृङ्खलाबारे बयान गर्न थाले । जोस र तिनकी पत्नीसँग बातचित गर्दै तिनले पाँच मिनेट बिताए । त्यसपछि जोस दम्पतीले तिनलाई बाइबलको बारेमा बताउँदै झन्डै डेढ घण्टा बिताए । बाइबल महानतम पुस्तक हो भनी ती आगन्तुकलाई बुझाइँदै थियो । ती महान् पुस्तकहरूको श्रृङ्खलाबाट केवल दसवटा पुस्तक छान्न जोसले तिनलाई चुनौती दिए । ती पुस्तकका लेखकहरू एउटै पुस्ता, एउटै ठाउँ, एउटै समय, एउटै भाषा, एउटै महादेश, एउटै भावका होउन् र ती सबैले केवल एउटा विवादस्पद विषयबारे सम्बोधन गरुन् भनी जोसले बताएपछि जोसले प्रश्न गरे, “के ती लेखकहरू एक आपसमा सहमत हुन्छन् त ?” उक्त प्रतिनिधिले जवाफ दिए, “हुँदैनन् ।” तब जोसले भने, “त्यसो हो भने तपाईंसँग के छ त ?” तिनले लज्जित हुँदै भन्नुपर्‍यो, “मसँग किताबहरूको सङ्ग्रह छ ।”

यस संवादको दुई दिनपछि तिनले येशूमाथि विश्वास गरे ।

Facebook Comments

Powered by Youth Circle