सभ्यता निर्माणमा येशूको शिक्षाको भूमिका

पावल एल. माइर इतिहासकारसाथै उपन्यासकार हुन् । ख्रिस्टियमतबारे आख्यानेतर र ख्रीष्टियान इतिहासबारे तिनका उपन्यासहरू निकै लोकप्रिय छन् । सोर्‍हवटा प्रकाशित पुस्तकका लेखक माइर १९३० मा जन्मेका थिए । अल्भिन जे. स्किमिडद्वारा लिखित How Christianity Changed the World नामक पुस्तकमा माइरले प्रस्तावना लेखेका छन् जहाँ तिनले सभ्यता निर्माणमा येशूको शिक्षाले खेलेको भूमिकालाई सठिक ढङ्गमा व्यक्त गरेका छन्:

प्राचीन संसारमा उहाँका शिक्षाहरूले नैतिकताको पाशविक स्तरलाई माथि उठाए; शिशु हत्यालाई रोके; मानवीय जीवनको मूल्यलाई वृद्धि गरे; स्त्रीहरूलाई मुक्त गरे; दास प्रथालाई निर्मूलन पारे; परोपकार र राहतसम्बन्धी संस्थाहरूलाई जन्माए; अस्पतालहरूको सृजना गरे; अनाथालयहरूको स्थापना गरे र स्कुलहरू खोले ।

मध्य युगमा पाण्डुलिपिहरूको प्रतिलिपि गरेर; पुस्तकालयहरूको निर्माण गरेर; स्थगन दिनहरूमा लडाइँलाई मन्द पारेर र झैझगडाको छिनोफानो गरेर झन्डै ख्रिस्टियमतले मात्रै सर्वश्रेष्ठ संस्कृतिको जगेर्ना गर्‍यो । कलेजहरू र विश्वविद्यालयहरूको स्थापना गर्नेहरू; श्रमलाई ईश्वरीय पेसाको रूपमा सम्मान दिनेहरू र सभ्यताको ज्योतिलाई सीमा क्षेत्रमा बस्ने असभ्यहरूकहाँ पुर्‍याउनेहरू ख्रीष्टियानहरू नै थिए ।

आधुनिक कालमा उचित किसिमले व्यक्त ख्रीष्टियान शिक्षाले विज्ञानलाई अगाडि बढायो; राजनीति, सामाजिक र आर्थिक स्वतन्त्रताको अवधारणालाई दृढतापूर्वक स्थापित गर्‍यो; न्यायको विकास गर्‍यो र वर्तमान समयसम्म हाम्रो सम्पत्तिको रूपमा रहेका कला, वास्तुकला, सङ्गीतसाथै साहित्यमा विद्यमान वैभवशाली प्राप्तिहरूका लागि प्रेरणाको महान्‌तम एकल स्रोतलाई उपलब्ध गरायो ।

Facebook Comments

Powered by Youth Circle