च्यातिएको बाइबल पढेर नयाँ जन्म पाए आन्दोलनकारी युआनले

दक्षिण अमेरिकामा पर्ने राष्ट्र बोलिभियामा अवस्थित एउटा सहरको नाउँ हो, ओरुरो । त्यहाँ युआन नाउँ गरेका एक जना आन्दोलनकारी थिए जो कामदारहरूका लागि न्यायको पक्षमा लड्दै दिए । एकातिर तिनी समाजदेखि रिसाएका थिए भने अर्कोतिर आफ्नै भाग्यदेखि विरक्तिएका थिए ।

भोक र थकाइले गरुङ्गो शरीर लिई अगाडि हिँड्दै जाँदा तिनको खुट्टाले अकस्मात् कुनै वस्तुलाई हिर्काउन पुग्छ । के रहेछ भनी हेर्दा खोल च्यातिएको कुनै किताबका पानाहरू देख्छन् तिनले । अधिकांश पानाहरू दागैदागले भरिएका भए तापनि ती पढ्न सकिने थिए । हातमा लिई पल्टाउँदा तिनका आँखा यी वचनहरूमा परे, “व्यर्थ नै व्यर्थ, पूर्ण रूपमा व्यर्थ, सबै व्यर्थ हुन् । मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ ?”

यो वचन तिनको जीवनमा प्रासङ्गिक थियो । आफूले पढेको कुरोमा तिनी छक्क परे । अगाडि पढ्ने क्रममा तिनले पाए, “फेरि मैले हेरें, र सूर्यमुनि भइरहेका सबै अत्याचार देखें । अत्याचारमा परेकाहरूको आँसु मैले देखें, अनि तिनीहरूलाई सान्त्वना दिने कोही छैन ।”

युआनले आफ्नो जीवनभरि यस्तो सनसनीपूर्ण नवीन वचनलाई पढेका थिएनन् । त्यसको भाषा अप्रचलिन भए तापनि अवधारणा भने अप्रासङ्गिक थिएन ।

तिनले अगाडि पढ्दै गए र डाँडाको उपदेशमा येशूले भन्नुभएका वचनहरू तिनलाई अत्यधिक महत्त्वपूर्ण लाग्यो । तिनको बुझाइमा “यो कम्युनिष्ट घोषणापत्रभन्दा राम्रो थियो । हामीले यसलाई पालना गर्ने हो भने यसले समाजलाई मात्रै परिवर्तन गर्ने होइन तर मानव–जातिलाई नै बदल्छ ।”

कैयौँ दिनसम्म युआनले यस किताबलाई दोहोर्‍याई–तेहेर्‍याई पढे । कामदारहरूसँगै तिनी पनि कालो–सूचीमा परेकाले ओरुरोमा बस्नुको औचित्य नठानी आफ्नो घर कोचाबाम्बा फर्कने निधो गरे तिनले ।

आफूले बोकेको पुस्तक बाइबल हुन सक्ने कल्पना पनि गरेका थिएनन् युआनले । पछि तिनको साथीसँग भएको बाइबलसित तिनले बोकेका पुस्तकलाई तुलना गरेर हेर्दा त्यो बाइबल नै भएको पाए तिनले । युआनले आफ्नो जीवन येशूमा सुम्पे र तिनी ख्रीष्टियान बने ।

Facebook Comments

Powered by Youth Circle