भित्तामा टाँसिएका बाइबलका वचनहरू पढेर मानिसहरू प्रभुमा आए

रोबर्ट जे. थोमस (ख्रिस्टाब्द १८३९–१८६६) कोरियामा सहिद हुने प्रथम प्रोटेस्टेन्ट ख्रीष्टियान मिसनरी हुन् ।

१८३६ मा थोमस बेइजिङ गए जहाँ तिनले कोरियाका दुई जना व्यापारीलाई भेटे । ती व्यापारीहरूले तिनलाई क्याथोलिक धर्ममा आएका मानिसहरूको बारेमा बताए जससित कुनै बाइबल थिएन । थोमस स्कटल्यान्डको बाइबल सोसाइटीको प्रतिनिधि बनेर कोरियातर्फ लागे, बाइबल बेच्नका लागि ।

पछि थोमसले एउटा अमेरिकी डुङ्गामा काम पाए । त्यो डुङ्गा कोरियाको चारैतिर यात्रा गर्दा तिनले बाइबल वितरण गर्ने गर्थे । तर पेङ्गयोङ्ग नजिकै जब त्यो डुङ्गा कोरियाको सेनाको विरुद्धमा युद्धमा संलग्न भयो थोमस आफूसित भएका बाइबलहरू बोकी डुङ्गाबाट हाम फाले र तटमा रिसाएर बसिरहेका मानिसहरूलाई तिनले ती बाइबलहरू थमाइदिए ।

ती बाइबलहरू नष्ट गर्न कोरियाका अधिकारीहरूले मानिसहरूलाई आदेश दिए । तर केही मानिसहरूले बाइबलका पानाहरूलाई भित्ता सिँगार्नको लागि भित्तामा टाँसे । समय बित्दै गयो । पछि केही मिसनरीहरू त्यहाँ आउँदा तिनीहरूले मण्डली स्थापना भइसकेको पाए ।

वास्तवमा भित्ता सिँगार्न टाँसिएका ती बाइबलका वचनहरूले केहीको हृदयलाई छोएका थिए । परिणामतः त्यहाँ मण्डली खडा हुन पुग्यो । सही जमिनमा रोपिएको बिउ त्यसै खेर जाँदैन बरु त्यसले दस गुणा, बिस गुणा र तिस गुणा फल फलाउँछ ।

“किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ । यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ” (हिब्रू ४:१२) ।

Facebook Comments

Powered by Youth Circle